न्याय परिषद्मा भित्र बैठक, बाहिर धर्ना

न्याय परिषद्को बैठकस्थलबाहिर नेपाल बार एसोसिएसनले धर्ना दिइरहेको छ । दर्के झरी परिरहेका बेला नेपाल बारको नेतृत्वमा गएका कानुन व्यवसायीहरू छाता ओढेर धर्ना दिइरहेका छन् ।

तत्काल न्यायाधीश नियुक्त गर्न नहुने नेपाल बारको माग छ । न्याय परिषद्ले गत वर्ष गरेको न्याय परिषद् नियमावली संशोधनको विरोधमा बार आन्दोलिन छ ।

न्यायपरिषद्को संशोधित नियमावली खारेज गर्नुपर्ने, घर जान लागेका प्रधानन्यायाधीशले न्यायाधीश नियुक्ति गर्न नमिल्ने भन्दै बारले प्रदर्शन गरेको हो । असोज २० गते प्रधानन्यायाधीश श्रेष्ठ सेवानिवृत हुँदैछन् ।

अवकाशमा जाने बेलामा न्यायाधीश सिफारिश गरिछाड्ने प्रधानन्यायाधीश श्रेष्ठको अडान सम्बन्धमा नेपाल बार अध्यक्ष घिमिरेले गम्भीर प्रश्न उठाएका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार