१५९ अधिवक्ताले पाए ‘वरिष्ठ’ उपाधि, महिला चारजना मात्र

नेपाल बार काउन्सिलको सिफारिसमा सर्वोच्च अदालतको फुलकोर्ट बैठकले १५९ अधिवक्तालाई वरिष्ठ अधिवक्ताको उपाधि दिएको छ ।

१५९ जनाले वरिष्ठ अधिवक्ताको उपाधि पाउँदा चारजना मात्र महिला परेका छन् । नेपाल कानुन व्यवसायी परिषद् ऐन, २०५० को दफा २१ बमोजिम मापदण्ड पुगेका अधिवक्तालाई वरिष्ठ अधिवक्ताको उपाधि प्रदान वगरिएको हो ।

वरिष्ठ अधिवक्ताको उपाधि पाउने महिलामा काठमाडौंकी पूर्णिमा रिमाल, पर्वतकी सरिता शर्मा, मोरङकी कविता बस्नेत र कपिलवस्तुकी विष्णुमाया भुसाल छन् ।

कानुन व्यवसायी परिषद् ऐनको दफा २१ मा अधिवक्ताले कम्तीमा पेसाको उच्च मर्यादा राखी १५ वर्ष सर्वोच्च अदालत वा पुनरावेदन तहको अदालतमा कानुन व्यवसाय गरेको हुनुपर्ने व्यवस्था छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार