लण्डन फिल्म फेस्टिभलमा प्रिमियर हुँदै मिन भामको ‘शाम्बाला’

मीन भाम निर्देशित फिल्म ‘शाम्बाला’ लण्डन फिल्म फेस्टिभलको ६८ ‍औँ संस्करणमा प्रिमियर हुने भएको छ । बेलायतको प्रतिष्ठित फेस्टिभलमा प्रिमियर हुने यो पहिलो नेपाली फिल्म हुनेछ ।

असोज २९ र ३० गते (अक्टोबर १५ र १६) मा फिल्मको स्क्रिनिङ हुनेछ । जसमध्ये ३० गतेको लागि सबै टिकट बिक्री भइसकेका छन् । लण्डन फिल्म फेस्टिभल अक्टोबर ९ देखि २० सम्म चल्नेछ ।

हाल यो फिल्म नेपालका सिनेमाहलमा प्रदर्शनरत भइरहेको छ । फिल्मले दोस्रो सातासम्म २ करोड रुपैयाँ कमाइ गरिसकेको छ ।

बर्लिन फिल्म फेस्टिभलमा वर्ल्ड प्रिमियर भएको यो फिल्म स्विट्जरल्यान्डको लोकार्नोमा स्क्रिनिङ भएको थियो । जहाँ अभिनेत्री थिन्हेले उत्कृष्ट अभिनयका लागि बोक्कलिनो डिओर अवार्ड जितिन् ।

‘शाम्बाला’ बर्लिन फिल्म फेस्टिभलको अन्तर्राष्ट्रिय प्रतिस्पर्धाको विधामा छनोट भएको थियो । उक्त फेस्टिभलको विधामा छनोट हुने यो पहिलो नेपाली फिचर फिल्म हो । भामको दोस्रो निर्देशकीय फिल्म ‘शाम्बाला’मा थिन्लेसहित सोनम तोप्देन मुख्य भूमिकामा छन् ।

यस फिल्मले नेपाली पश्चिमी हिमाली क्षेत्रमा प्रचलित बहुपतिप्रथाको कथा छ । फिल्मको कथा निर्देशक भाम र अविनाश विक्रम शाहीले लेखेका हुन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार