दसैं मनाउन भारतबाट घर फर्किंदै गरेका धामी महाकालीमा खसेर बेपत्ता

दसैं मनाउन भारतबाट घर फर्किने क्रममा महाकाली नदीमा खसेर एक युवक बेपत्ता भएका छन् ।

बैतडीको पुर्चौडी नगरपालिका–५ का ३३ वर्षीय अमरसिंह धामी दशरथचन्द नगरपालिका–८ को झुलाघाट बजार नजिकै सडकबाट महाकालीमा खसेर बेपत्ता भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक जनक ढुंगानाका अनुसार उनको खोजी कार्य भइरहेको भएपनि अवस्था अज्ञात छ ।

धामी भारतको उत्तराखण्डस्थित पिढौरागढमा काम गर्थे । दसैँ मनाउन शुक्रबार घर फर्किरहेका उनी महाकालीमा बेपत्ता भएका हुन । झुलाघाटमा घर फर्कनका लागि झोलिझिम्टी जिपमा राखेर सडकमा छेउमा उभिएका बेला महाकालीमा खसेको प्रत्यक्षदर्शीले बताएका छन् ।

नदीमा बेपत्ता धामीको नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले खोजी गरिरहेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार