दराज नेपालको दशैँ धमाका : ७०% सम्म छुट, फ्री डेलिभरी

अनलाइन सपिङ प्लाटफर्म, दराज नेपालले दशैँ धमाका अन्तर्गत विभिन्न छुट घोषणा गरेको छ।

उपभोक्ताले ७०% सम्म छुट, निःशुल्क होम डेलिभरी र पूर्वभुक्तानीमा २ हजारसम्म छुट पाउनेछन्। यो छुट असोज ११ देखि कार्तिक १ सम्म चल्नेछ। क्याम्पेनमा सहभागी एकजना खरिदकर्ताले वानप्लस नर्ड सीईथ्री फाइभजी जित्नेछन्। त्यसैगरी अरू तीनजनाले सेटाफिलका तर्फबाट रु. १० हजार बराबरको उपहार पाउनेछन्।

क्याम्पेन अवधिभर उपभोक्ताले आइविबी, एंकर, एक्वालोजिका, सेटाफिल, सिलेन्स्टा, डोभ, सर्फ एक्सेल लगायतका तर्फबाट उपलब्ध छुट लिन सक्नेछन्।

त्यस्तै अस्टावोल्फ, मामाअर्थ, नेपाल टी एक्स्चेन्ज, रोट्टो मेन्थालेटम, स्ल्याजेन्गर, टेक्नो, ह्वाइट मून, एक्स–एज लगायत ब्रान्ड साझेदारहरूका तर्फबाट विशेष अफर पनि उपलब्ध गराउने जानकारी दिइएको छ।

क्याम्पेन अवधिभर डेबिट कार्डमार्फत अर्डरका लागि अग्रिम भुक्तानी गर्ने ग्राहकले रु. १ हजार ५ सयसम्म १५% छुट पाउनेछन्। क्रेडिट कार्ड प्रयोग गर्नेहरूले रु. २ हजारसम्म २०% सम्मको छुट पाउन सक्नेछन्।

यो अफर नबिल बैंक, हिमालयन बैंक, सानिमा बैंक, एनएमबि बैंक, माछापुच्छ्रे बैंक, नेपाल बैंक र ज्योति विकास बैंकका कार्डमा लागू हुनेछ। त्यसैगरी ईसेवा, आईएमई पे वालेट प्रयोगकर्ताले अर्डरमा १५% छुट सुविधा पाउनेछन्। क्रेताले दराज भौचर प्रयोग गरीरु. २ करोडसम्मको छुट पाउन सक्ने सुविधाका साथै खरिदमा फ्ल्याट रु. १० हजार छुट पाउनेछन्।

दशैँ धमाकाले न्यूनतम रु. ४९९ खर्च गर्दा छानिएका बिक्रेतामार्फत चुनिएका उत्पादनमा घरदैलोसम्म निःशुल्क होम डेलिभरीको सुविधा दिने जानकारी दिइएको छ। ‘फ्री डेलिभरी’ सुविधाको उपभोग गर्न दराज एपको होमपेजमा रहेको ‘फ्री डेलिभरी’ ब्यानरमा क्लिक गर्नुपर्ने हुन्छ।

क्याम्पेनको मूल उद्देश्य छुट र बचत मात्र नभई बेजोड अनलाइन किनमेल अनुभव प्रदान गर्नु रहेको कम्पनीको भनाइ छ।

थप जानकारीका लागि http://www.daraz.com.np/ मा जानुहोस्, दराज नेपालको फेसबुक पेज हेर्नुहोस् वा दराज एप ब्राउज गर्नुहोस्।

सन् २०१५ मा स्थापित ई–कमर्स प्लाटफर्म ‘दराज’ नेपाल लगायत पाकिस्तान, बंगलादेश, श्रीलंका र म्यान्मामा पनि सञ्चालनमा छ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार