सिन्धुलीमा ३१ जना शिक्षक र विद्यार्थी बढीमा फसे

सिन्धुली – सिन्धुलीको दुम्जामा ३१ जना बाढीमा फसेका छन्। बिहीबार रातिदेखि परेको अविरल वर्षासँगै आएको बाढीका कारण रोशी र सुनकोशी नदीबिचमा ३१ जना शिक्षक र विद्यार्थी फसेका हुन् ।

बाढीमा ३ शिक्षक र २८ विद्यार्थीसहित ३१ जना फसेका जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । सिन्धुलीको सुनकोशी गाउँपालिका–१ दुम्जामा रहेको कुशेश्वर महादेव गुरुकुलमा अध्ययनरत २८ विद्यार्थी र ३ शिक्षक फसेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

मन्दिरको पछाडिबाट बगेको सुनकोशी नदी र अगाडि बगेको रोशी खोलामा बाढी आएको हुँदा शिक्षक र विद्यार्थी फसेको सिन्धुलीका प्रमुख जिल्ला अधिकारी लिला प्रसाद शर्माले जानकारी दिए ।

उनका अनुसार दुईतर्फ खोलाले घेरिएको टापु जस्तै स्थानमा रहेको मन्दिरमा रहेको गुरुकुलमा अध्ययनका लागि बसेका उनीहरू बाढीमा फसेका हुन् । उक्त स्थान सुरक्षित रहेको र उच्च सतर्कताका साथ निगरानीमा राखिएको प्रजिअ शर्माले बताए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार