बेरुतस्थित हेजबुल्लाहको केन्द्रीय मुख्यालयमा इजरायली आक्रमण

इजरायलले शुक्रबार बेरुतको दहिहमा अवस्थित हेजबुल्लाहको केन्द्रीय मुख्यालयमा लक्षित गरी आक्रमण गरेको छ । सामाजिक सञ्जाल एक्स मार्फत इजरायली रक्षा बल (आईडीएफ) ले घटनाको पुष्टि गरेको छ ।

आइडिएफका प्रवक्ता रियर एडमिरल डेनियल हागारीले हेजबुल्लाहको आक्रमणको बारेमा जानकारी दिँदै इजरायली रक्षा बलले मुख्यालय बेरुतको उक्त स्थानमा नियम विपरीत निर्माण गरिएको उल्लेख गरेका छन् ।

हागारीले हेजबुल्लाहको आतङ्कवादबाट आफ्ना नागरिकको रक्षा गर्ने इजरायली दृढतालाई दोहोर्उदै लेबनानी जनतालाई प्रयोग गर्ने हेजबुल्लाहको रणनीतिको हिस्साको रूपमा गत अक्टोबरमा आक्रमण गरेको बताएका छन् ।

हेजबुल्लाहले इजरायलमा आक्रमण गरेको लगभग एक वर्षपछि इजरायलले विश्वलाई चेतावनी दिँदै हेजबुल्लाहलाई रोक्नु पर्ने जनाएको छ । बेरुतमा भएको विस्फोट हेजबुल्लाहका नेता हसन नस्रल्लाहलाई लक्षित गरी गरिएको सिएनएनले रिपोर्ट गरेको छ ।

एकजना वरिष्ठ इजरायली अधिकारीले नस्रल्लाहलाई लक्षित गरी गरिएको आक्रमण गाजामा हमासका नेता मोहम्मद देइफको निधन भएको अपरेसनसँग मेल खाने खालको रहेको बताएका छन् ।

साथै, लेबनानको स्वास्थ्य मन्त्रालयले बेरुतमा भएको इजरायली हमलामा दुई जनाको ज्यान जानुका साथै दर्जनौँ घाइते भएको जनाएको छ । इजरायलले लेबनानमा हेजबुल्लाहलाई खतराको सामना गर्न बाध्य पारेको छ भने इरान समर्थित समूहले उत्तरी इजरायलमा बारम्बार आक्रमण गरिरहेको छ । द्वन्द्व बढ्दै जाँदा, विश्वका प्रमुख देशहरूले युद्धविराम र बन्धक सम्झौताको आह्वान गरिरहेका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार