म्यानचेस्टर सिटीलाई पछि पार्दै लिभरपुल शीर्ष स्थानमा

म्यानचेस्टर सिटीलाई पछि पार्दै लिभरपुल इङलिस प्रिमियर लिगको शीर्ष स्थानमा उक्लिएको छ ।

शनिबार राति वुल्भ्सको घरेलु मैदानमा भएको खेलमा लिभरपुलले २–१ को जित दर्ता गरेको हो ।

दोस्रो हाफमा मोहम्मद सलाहले पेनाल्टीमा गोल गरेपछि लिभरपुल हारबाट जोगिएको हो । पहिलो हाफको इन्ज्युरी समयमा डिएगो जोटाको पासमा इब्राहिम कोनाटेले गोल गरेपछि लिभरपुलले सुरुवाती अग्रता बनाएको थियो ।

खेलको ५६ औँ मिनेटमा रायन ऐट नोउरीको गोलमा घरेलु टोली खेलमा फर्किएको थियो ।

तर त्यसको ५ मिनेटमा नै पेनाल्टीमा गोल गर्दै लिभरपुलले पुनः अग्रता बनाएको थियो । खेलको ६१ औँ मिनेटमा मोहम्मद सलाहले पेनाल्टीमा गोल गरेपछि लिभरपुलले खेलमा पुनः अग्रता लिएको थियो । त्यसपछि खेलमा थप गोल हुन नसक्दा लिभरपुलले जित दर्ता गरेको हो ।

लिगमा पाचौँ जित दर्ता गरेको लिभरपुल अंक तालिकाको शीर्ष स्थानमा उक्लेको छ । लिभरपुलले ६ खेलमा ५ खेलमा जित र १ खेलमा हार भोग्दै १५ अंक बनाएको छ ।

समान खेलबाट समान १४ अंक भएका म्यानचेष्टर सिटी दोस्रो र आसर्नल तेस्रो स्थानमा छन् । १३ अंक भएको चेल्सी चौथो स्थानमा छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार