न्यु क्यासल युनाइटेड र म्यानचेस्टर सिटीले बराबरी खेले

एन्थोनी गोर्डनको पेनाल्टी गोलमा न्यु क्यासल युनाइटेडले इङलिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीसँग अंक खोस्न सफल भएको छ ।

शनिबार राति घरेलु मैदानमा भएको खेलमा न्यु क्यासल र सिटीले १–१ को बराबरी गर्दै अंक बाँडेका हुन् ।

खेलको ३५ औँ मिनेटमा सिटीका डिफेन्डर जोस्को ग्वार्डियोलको गोलमा पाहुना टोलीले सुरुवाती अग्रता बनाएको थियो ।

तर खेलको ५८ औँ मिनेटमा गोर्डनको पेनाल्टी गोलमा न्यु क्यासल बराबरीम आएको थियो । त्यसपछि खेलमा थप गोल हुन नसक्दा सिटी अंक बाँड्न बाध्य भएको हो । बराबरीसँगै सिटी अंक तालिकाको दोस्रो स्थानमा छ ।

गएराति नै भएको खेलमा चेल्सीले ब्राइटनमाथि तथा आर्सनलले लेष्टर सिटीमाथि समान ४–२ को जित दर्ता गरेका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार