नेपालले आज ओमानसँग खेल्दै

क्यानडामा जारी त्रिदेशीय ट्वान्टी–२० शृंखलाको दोस्रो खेलमा आज नेपालले ओमानसँग प्रतिस्पर्धा गर्दै छ । यो शृंखलाको पहिलो खेलमा नेपालले घरेलु टिम क्यानडासँग १४ रनको हार व्यहोरेको थियो ।

आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गतको त्रिदेशीय र ट्वान्टी–२० शृंखलाका निम्ति क्यानडा पुगेको नेपाली टिमले हालसम्म पाँच खेल खेले पनि जित निकाल्न सकेको छैन ।

ट्वान्टी–२० अघि नेपालले लिग–२ को एकदिवसीय शृंखलाका चारमध्ये तीन खेलमा हार व्यहोरेको थियो । शृंखलाको अन्तिम खेल वर्षाका कारण रद्द हुँदा नेपालले एक अंक पाएको थियो ।

ट्वान्टी–२० शृंखलामा पनि नेपाल, क्यानडा र ओमान सहभागी छन् । क्यानडाको किङ सिटीमा नेपाल र ओमानबीचको खेल नेपाली समयानुसार राति ९ः४५ बजेदेखि सुरु हुनेछ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार