साथीलाई बचाउन गएका कर्णेलको पहिरोमा पुरिएर मृत्यु

सिन्धुपाल्चोकमा पहिरोमा परेर नेपाली सेनाका एक लेफ्टिनेन्ट कर्णेल (प्रमुख सेनानी)को मृत्यु भएको छ ।

शनिबार सुनकोशी गाउँपालिका वडा नम्बर ४ स्थित सिन्धु बिच रिसोर्टमा पहिरो जाँदा उनको मृत्यु भएको नेपाली सेनाका प्रवक्ता सहायक रथी गौरव केसीले जानकारी दिए ।

उनका अनुसार कर्णेल केसी आफ्ना कोरियन साथीहरूसँग बिदामा गएका थिए । प्रवक्ता केसीका अनुसार उनी सैनिक प्रतिष्ठान खरिपाटीमा कार्यरत थिए ।

‘कोरियामा स्टाफ कलेज पढ्दाका साथीहरू आएका रहेछन् । उनीहरुसँगै निस्किसकेका थिए,’ उनले भने, ‘तर साथीलाई बचाउन जाँदा दुस्खद घटना भयो ।’

अर्का कोरियन नागरिकको अवस्था अझै अज्ञात छ ।

३६ वर्षीय केसी दोलखा भिमेश्वर नगरपालिकाका हुन् । केसीलाई घाइते अवस्थामा उद्धार गरिए पनि त्यसको केहीसमयमै ज्यान गएको हो । उनको शरीरका विभिन्न भागमा चोट लागेको थियो ।

पहिरोबाट उद्धार गरेपछि सुरुमा उनी आफैं हिँड्दै जान खोजेका थिए । तर केही बेरमा गाह्रो भयो भन्दै ढलेका उनको त्यहीँ ज्यान गयो । केसी शान्ति सेना मिसनमा जान छनौट पनि भइसकेका थिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार