टी-२० आई त्रिकोणात्मक सिरिजमा नेपालको पहिलो जित

क्यानडामा जारी टी(२० आई त्रिकोणात्मक सिरिजमा नेपालले पहिलो जित दर्ता गरेको छ ।

सिरिजअन्तर्गत आइतबार राति भएको आफ्नो दोस्रो खेलमा नेपालले ओमानलाई ३७ रनले हराएको हो ।

नेपालले दिएको १ सय ७७ रनको लक्ष्य पछ्याएको ओमान ५ बल बाँकी छँदै १ सय ३९ रनमा अलआउट भयो ।

सोहेब खानले बनाएको ४५ रन नै ओमानका लागि सर्वाधिक रह्यो। रफिउल्लाहले ३३ रन थपे । फयाज बट १७ रनमा अविजित रहे । प्रतिक अथाभाले १५ र खालिद कैलले ११ रन बनाए ।

ओमानलाई रोक्न नेपालका करण केसी एक्लैले ३ विकेट लिए । उनले आफ्नो स्पेलमा ३६ रन खर्चे । कुशल भुर्तेल र गुल्सन झाले २/२ विकेट लिए । रिजन ढकाल, दीपेन्द्रसिंह ऐरी र सन्दीप लामिछानेले १/१ विकेट लिए ।

त्यसअघि क्यानडाको किङ सिटीमा ओमनले टस जितेर फिल्डिङ रोजेपछि क्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ७६ रनको योगफल तयार पारेको थियो ।

नेपालका लागि गुल्सन झा ४० र दीपेन्द्रसिंह ऐरी १८ रनमा अविजित रहे । गुल्सनले १७ बलमा ३ चौका र ३ छक्का प्रहार गरे। दीपेन्द्रले ५ बलमा १ चौका र २ छक्का हाने । कुशल मल्लले ३० तथा ओपनरद्वय अनिल शाह र आशिफ शेखले २७/२७ रन बनाए । कुशल भुर्तेलले २० रन थपे । कप्तान रोहित पौडेल र देव खनाल समान २ रनमा पेभेलियन फर्के ।

ओमानका लागि अकिब इलियासले ३ विकेट लिए । नेपाल आफ्नो पहिलो खेलमा भने क्यानडासँग १४ रनले हारेको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार