काठमाडौं उपत्यकामा दशैंको दुईदिन मात्र पेट्रोल पम्प बन्द हुने

काठमाडौं उपत्यकामा दशैंको दुईदिन मात्र पेट्रोल पम्प बन्द हुने भएको छ ।

दशैंमा इन्धन अभाव हुन नदिने विषयमा नेपाल आयल निगमले शुक्रबार डिलरहरुलाई बोलाएर छलफल गरेको थियो । उनीहरुसँगको छलफलमा दशैंको दुई दिन मात्र काठमाडौंमा पेट्रोल पम्प बन्द गर्न सहमति बनेको छ ।

नेपाल आयल निगमका एक अधिकारीले दशैंको टिकाको दिन अर्थात असोज २६ र २७ गतेमात्र बन्द गरिने तयारी भएको जानकारी दिए । यसको आधिकारिक जानकारी केही दिनमै विज्ञप्ति निकालेर सार्वजनिक गर्ने तयारी निगमले गरेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार