अमेरिकाबाट फर्किएर प्रधानमन्त्री ओलीले भने- म भैंसी दोहेर दुध लिन गएको हैन

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो अमेरिका भ्रमणमा भैंसी दोहेर दुध लिनका नगएको बताएका छन् । सोमबार न्युयोर्क भ्रमणबाट फर्किएपछि विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

तपाईंको न्युयोर्क यात्राले मुलुकलाई के अर्थ राख्यो ? भन्ने सञ्चारकर्मीको प्रश्नको जवाफमा प्रधानमन्त्री ओलीले भने, ‘म कुनै भैंसी दुहुन गएर दुध लिएर आएँ भनेजस्तो होइन ।’ उनले आफूले देशको तर्फबाट विचार र समस्याहरू राखेको पनि बताए ।

‘हाम्रा विचारहरू, समस्याहरू राख्न गएको हो । राखियो । यी समस्याहरू एउटा देशका मात्रै होइन । ग्लोबल समस्या ग्बोबलले मिलेर समाधान गर्नुपर्छ भन्ने भयो,’ प्रधानमन्त्री ओलीले भने ।

ओलीले देशमा भएको प्राकृतिक विपत्तिमा जलवायु परिवर्तनको असर नभएपनि अल्पविकसित देशहरू यसको चपेटामा रहेको पनि बताए ।

‘अल्पविकसित देशले यो क्षति पुर्‍याउने कुरामा त्यति हात नभएपछि बढी मार सहनुपरेको छ । जसले् बढी बिगारेको छ उसले क्षतिपूर्ती व्यहोर्नुपर्छ,’ प्रधानमन्त्री ओलीले भने ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार