दुर्गा प्रसाईविरुद्ध अदालतमा साइबर अपराधको मुद्दा दर्ता

दुर्गा प्रसाईंविरुद्ध साइबर अपराध गरेको आरोपमा जिल्ला अदालत काठमाडौंमा दुईवटा साइबर अपराधको मुद्दा दायर भएको छ ।

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले विद्युतीय कारोबार ऐनको दफा ४७ अनुसार सजाय मागदाबी गर्दै मुद्दा दायर गरेको हो । मुद्दा आजै दर्ता भइसकेकाले भोलि (मंगलबार) अदालतले बयान लिने र पुर्पक्षका लागि थुनामा पठाउने वा अन्य आदेश गर्ने जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख सन्देश श्रेष्ठले जानकारी दिए ।

जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख सन्देश श्रेष्ठका अनुसार, सामाजिक सञ्जालमा एक महिलाको चरित्रहत्या गरेको आरोपमा एउटा मुद्दा दायर भएको हो । सामाजिक सञ्जालमार्फत चरित्रहत्यासँग सम्बन्धित अर्को मुद्दा पनि दर्ता भएको छ ।

गत ६ असोजमा भक्तपुरबाट पक्राउ परेका प्रसाई हिरासतमा परेपछि बिरामी भएको भन्दै अस्पतालमा छन् । अभियोगमा उनीमाथि अधिकतम अर्थात ५ वर्ष कैद र एक लाख रुपैयाँ जरिवानाको माग गरेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार