नेपाल बारका अध्यक्ष घिमिरेविरुद्ध अदालतको अवहेलनामा मुद्दा दर्ता

नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेविरुद्ध अदालतको अवहेलनामा मुद्दा दर्ता भएको छ ।

उनीविरूद्ध अदालतको अवहेलनामा कारबाही हुनुपर्ने भन्दै उपरजिष्ट्रार गोविन्द घिमिरेले प्रतिवेदन उठाएर दर्ता गरिएको सर्वोच्च अदालत स्रोतले जानकारी दियो ।

घिमिरेले केही दिनअघि प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले आर्थिक लेनदेन गरेर न्यायाधीश नियुक्तीको सिफारिश गरेको अभिव्यक्ति दिएका थिए ।

उनले उक्त अभिव्यक्ति दिएकै बेलामा पनि आफूलाई अवहेलना मुद्दा लगाएर थुन्न चूनौति दिएका थिए । न्याय परिषदको बैठक बसिरहेको बेलामा बैठकस्थल बाहिर बारको आन्दोलनको नेतृत्व गर्दै घिमिरेले यस्तो गम्भी आरोप लगाएका थिए । घिमिरेको उक्त अभिव्यक्तिले अदालतको अवहेलना भएको सर्वोच्च प्रशासनको ठहर छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार