देशैभर रुट परमिट खुला

काठमाडौं । सरकारले आजै (सोमबार) देखि देशभरि रुट परमिट खुला गरेको छ । यातायात व्यवस्था विभागका प्रवक्ता इश्वरी दत्त पनेरुका अनुसार रुट परमिट दशैंको पूर्णिमासम्म कायम रहने छ ।

यसअघि सरकारले दशैंको घटस्थापनादेखि मात्र रुट परमिट खुला गर्ने निर्णय गरेको थियो । तर, अविरल वर्षाका कारण राजमार्ग र सडक अवरुद्ध भई यातायात सञ्चालन हुन नसकेको अवस्था र प्राकृतिक विपत्तिका कारण यात्रु बाटोमा अलपत्र गरेका यात्रुलाई उद्धार गर्नुपर्ने भएकाले आजैदेखि रुट परमिट खुला गर्ने निर्णय भएको प्रवक्ता दत्तले जानकारी दिए ।

रुट परमिट खुला गरेसँगै अब सार्वजनिक सवारी यात्रु लिएर देशका विभिन्न भागमा निर्बाधरुपमा जान पाउने भएका छन।

सोही बैठकको निर्णयअनुसार आजदेखि खाद्यान्नलगायत अत्यावश्यक वस्तुहरु ढुवानी गर्ने बाहेकका ट्रेलरलगायत ठूला सवारी काठमाडौँ उपत्यका प्रवेशमा रोक लगाइएको छ। दशैंका लागि घर जाने यात्रुलाई सहज होस् भन्ने उद्देश्यले सरकारले गत असोज १२ गते (शनिबार) देखि नै अग्रीम टिकट बुकिङ खुला गरिसकेको छ। प्रत्येक वर्ष दशै‌ं मनाउनका लागि २० लाखभन्दा बढी व्यक्ति आफ्नो काठमाडौंबाहिर जाने गरेका छन्।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार