धादिङमा पहिरो जाँदा पृथ्वी राजमार्ग अवरुद्ध, आज नखुल्ने

धादिङको गजुरीमा सुख्खा पहिरो खस्दा पृथ्वी राजमार्गमा सवारी आवागमन दुवैतर्फ ठप्प भएको छ । मलेखुको माछा बजार नजिकै परेवा भीरमा साझँ ७:३० बजे पहिरो खसेको हो ।

पहिरो ठुलो भएकोले अवरुद्ध राजमार्ग आज खुलाउन सम्भव नरहेको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ । आज राजमार्गमा सवारी चाप निकै बढेको छ ।

पहिरोका कारण सडक अवरुद्ध हुँदा राजधानीबाट बाहिरिएका र राजधानी प्रवेशका लागि आएका सवारीका साधनहरू रोकिएका छन् ।

सडक खुलाउनका लागि प्रयास गरिएको भए पनि राति र अँध्यारोका कारण पन्छ्याउन सकिने अवस्था नरहेको प्रहरीले जानकारी दिएको छ ।

सडकमा रोकिएका सवारी साधन सुरक्षित स्थानमा पार्किङ गरी राख्न सवारी चालकहरुलाई जिल्ला प्रहरी कार्यालय धादिङले आग्रह गरेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार