बलिउड अभिनेता गोविन्दालाई गोली लाग्यो, अस्पताल भर्ना

बलिउड अभिनेता गोविन्दालाई गोली लागेको छ । 

भारतीय सञ्चारमाध्यमका अनुसार उनलाई खुट्टामा गोली लागेको छ ।  घटना आज बिहान करिब ५ बजेको हो। गोविन्दा बिहान कोलकाता जाँदै गर्दा यो दुर्घटना भएको हो । 

उनले आफ्नो लाइसेन्स प्राप्त रिभल्भर सफा गर्दै गर्दा मिस फायर भएको बताइएको छ । 

अभिनेता गोविन्दालाई अस्पताल भर्ना गरिएको छ । चिकित्सकले उनको खुट्टाबाट गोली निकालेका छन् । अहिले उनी पूर्णतया स्वस्थ छन् । तर, अझै अस्पतालमा छन् ।

लाइसेन्स प्राप्त रिभल्वर राख्न लाग्दा अचानक उनको हातबाट खसेको भारतीय प्रहरीलाई उदृत गर्दै जागरणले जनाएको छ । मिस फायरको कारण गोली उनको खुट्टामा लागेको थियो । 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार