काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई ४ करोड रुपैयाँ दिने शाह परिवारको प्रतिबद्धता

विजयकुमार शाह परिवारले काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (केआईओसीएच)लाई ४ करोड रुपैयाँ दिने भएको छ ।

उक्त रकमबाट बाल शल्य चिकित्सा इन्टेन्सिभ केयर युनिट पीएसआईसीयू र डे केयर सर्जरी शाखाको आवश्यक भौतिक संरचना निर्माण गरिनेछ ।

प्रतिबद्धताअनुसार शाह परिवारले पहिलो चरणमा यही भदौ १३ गते १ करोड रुपैयाँ केआइओसीएचलाई प्रदान गरिसकेको छ ।

बाँकी ३ करोड रुपैयाँ निर्माण योजना शुरू भएपछि जेजीआई नेपाल फाउण्डेसनको समन्वय र सहजीकरणमा प्रदान गरिनेछ । शाह परिवारका तर्फबाट गरिएको योगदानले नेपालमा बालस्वास्थ्य सेवामा उल्लेखनीय सुधार गर्ने केआईओसीएचको विश्वास छ ।

जसका माध्यमबाट विशेष स्याहारको आवश्यकता परेका बालबालिकाहरुको गम्भीर अवस्थाको शल्यक्रिया गर्न सकिनेछ । शाह परिवारको महत्त्वपूर्ण सहयोगको सम्मान गर्दै पीएसआईसीयू र डे केयर सर्जरी शाखाको तल्लालाई रुस्लान पीएसआईसियू नामाकरण गरिनेछ ।

गैर नाफामूलक संस्था जेजीआई नेपाल फाउण्डेसन ९जेजीआईएनएफ०ले यस सहयोग प्रक्रियाको समन्वय एवं सहजीकरण गरिरहेको छ । यद्यपि यो सहयोग शाह परिवारको निजी पुँजीबाट प्रदान गरिएको हो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार