हुन्डाईले गर्‍यो १० करोड युनिट उत्पादन

दक्षिण कोरियाली गाडी निर्माता कम्पनी हुन्डाईले आफ्नो १० करोड युनिट उत्पादन गरेको छ ।

स्थापनाको ५७ वर्षमा हुन्डाईले १० करोड नम्बरको गाडी उत्पादन गरेको खुसियाली कोरियाको उल्सनस्थित प्लान्टमा मनाएको छ । विश्व अटोमोबाइल उद्योगमा यो सबैभन्दा तीव्र गतिमा प्राप्त सफलता भएको हुन्डाईले जनाएको छ ।

हुन्डाईले उक्त १० करोड नम्बरको गाडी ‘आयोनिक ५’ एक ग्राहकलाई आपूर्ति गरिएको जानकारी दिएको छ । उल्सानस्थित सिपिङ प्लान्टमा विशेष कार्यक्रम आयोजना गरी हुन्डाईले उक्त गाडी हस्तान्तरण गरेको हो । कार्यक्रममा ‘१० करोड र १’ नारा अंकित डिस्प्ले बोर्ड पनि प्रदर्शन गरिएको थियो ।

हुन्डाईका अनुसार १० करोड युनिट गाडी उत्पादनको कोशेढुंगा बनाउन सक्नुमा ग्राहकको विश्वास महत्त्वपूर्ण रहेको छ । सन् १९६८ मा स्थापित उल्सान प्लान्टलाई कोरियाको अटोमोबाइल उद्योगको जननी मान्ने गरिन्छ । यही प्लान्ट छेउ हुन्डाईले विद्युतीय गाडी (ईभी) प्लान्ट पनि स्थापना गरेको छ ।

‘१० करोड युनिट उत्पादन गर्न हुन्डाई मोटरका प्रत्येक कर्मचारीको योगदान रहेको छ,’ हुन्डाईका प्रेसिडेन्ट तथा आन्तरिक उत्पादन एवं प्रमुख सुरक्षा अधिकृत डोङ सेअकले भने, ‘यो अवसर भनेको ईभीमा हुन्डाईले भविष्यमा नेतृत्व गर्ने पहिलो कदम हो ।’

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार