यति ठूलो विपदको पूर्वतयारी थिएन : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले यति भयावह बाढी पहिरो आउला भन्ने पूर्वामानुमान नभएको बताएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मंगलवार आयोजित पत्रकार सम्मेलनमा उनले सरकारले विपदको पूर्वतयारी गरेपनि क्षति मूल्यांकन गर्न नसकेको बताएका हुन् ।

उनले अगाडि भने, ‘हाम्रो तयारी यस प्रकारको परिस्थितिका लागि थिएन । यस प्रकारको वर्षा होला, यस प्रकारको पहिरो जाला, मानवीय तथा भौतिक क्षति होला भन्ने अनुमान थिएन ।’ ‘पहिला यस प्रकारभन्दा कमै हुने गर्थै, त्यसैअनुसार पूर्व तयारी थियो । ठूलै विपत्ति आइलाग्यो’ उनले भने ।

प्रधानमन्त्री ओलीले यसखालको विपद् सरकार र राज्यको मात्रै नभएर समग्र नेपालीकै समस्या भएकाले सबै एकजुट भएर सामना गर्नुपर्ने बताए । ‘जनताले भोगिरहेको पीडामा उद्धार, राहत र पुनःस्थापनामा सरकार जुटिरहेको छ । यतिबेला सबै नेपाली एक हुनुपर्छ । साझाबिपत्तिको सामना गर्नुपर्छ,’ उनले भने ।

विपद आइसकेपछि सरकारले राहत तथा उद्दारमा सक्दो गरेको प्रधानमन्त्री ओलीले बताए । ‘केही गर्दै नगरेको होइन । सक्दो गरेको छ’, उनले अगाडि भने, ‘केही कमजोरी भएको हुनसक्छ । भएको छ भने आगामी दिनमा सच्याउनुपर्छ ।’

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार