बागलुङ नगरका सबै विद्यालयहरुमा पर्यटन विद्यार्थी क्लब गठन

बागलुङ नगरपालिकाले नगरका सबै विद्यालयहरुमा पर्यटन विद्यार्थी क्लब गठन गरेको छ । बालबालिकालाई विकास योजनाका हर सवालमा सहभागिता गराउने तथा नीति निर्माण र नेतृत्व तहको पहुँचसम्म पुर्याउन आवश्यकता देखेर नगरपालिकाले माध्यामिक तहका कक्षा ९ र १० मा अध्ययनत छात्र छात्राहरुलाई समेटेर पर्यटन विद्यार्थी क्लब गठन गरेको हो ।

नगरपालिकाको नगर पर्यटन विकास समितिको कार्यविधीमा सम्पूर्ण माध्यमिक विद्यालयहरुमा क्लब गठन गर्ने नीति अनुसार नगरपालिकाले यो कार्य सम्पन्न गरेको हो । पर्यटन विद्यार्थी क्लब मार्फत बालबालिका, विद्यार्थी तथा युवाहरुलाई पर्यटन मार्फत आर्थिक विकास, उत्पादन र रोजगारी सृजना गर्नु पर्यटन विद्यार्थी क्लब गठनको उद्धेश्य रहेको नगर उप प्रमुख एवं नगर पर्यटन विकास समितका संयोजक राजु खडकाले जानकारी दिए ।

पर्यटन विकासका लागि समुदायस्तरदेखि विद्यालय तथा क्याम्पसहरुमा बहस, छलफल तथा सचेचना मुलक कार्यक्रम जरुरी देखियो । सामुदायिकतर्फ २३ र संस्थागततर्फ १४ विद्यालयहरुमा क्लब गठन गरिएको उनले बताए ।

विद्यालयतहदेखि स्वदेशमा पर्यटन मार्फत सम्भावनाको खोजी गरी पर्यटन क्षेत्रमा विद्यार्थीहरुको रुचि बढाउन सकियो भने यसले राम्रो परिणाम दिने उप प्रमुख खड्काको विश्वास छ । पर्यटन क्षेत्रमा रुचि बढाउन सके लागू औषध तथा कुलतबाट जोगाउन सकिने, बाल विवाह, बाल श्रमको बारेमा बुझ्ने तथा योजना र व्यवस्थापनमा काम गर्ने संस्कारको विकास हुने विश्वास उप प्रमुख खड्काको छ ।

नगर पर्यटन विकास समितिले बागलुङ नगरपालिकाका सामुदायिक विद्यालयहरुतर्फ जनताधन मा. वि, त्रिभुवन मा. वि, पृथ्वी हिरण्य मा. वि, मुलपानी मा. वि, सिंगाना मा. वि, विद्या मन्दिर मा. वि, कालिका कन्या मा. वि., तितौरे मा. वि., धौलागिरी वीरेन्द्र मा. वि., लहरेपिल मा. वि., गणेश मा. वि. मा विद्यालय स्तरीय पर्यटन क्लबहरु गठन गरेको छ ।

यसै गरी रुद्रेपिपल मा. वि., चौतारे डांडा मा. वि भैरब मा. वि, बिविश्वकर्मा मा. वि., महाविद्याजन मा. वि, तित्याङ मा. वि, कुंडुले मा. वि, सिगाना मा. वि, बौडेचौर मा. वि, मालिका मा. वि, जनमत मा. वि, धौलागिरी बहिरा मा. वि मा पनि विद्यार्थी पर्यटन क्लबहरु गठन भएका छन ।

यसै गरी होलिचाइल्ड आवासिय मा. वि, गरिमा आ. मा. वि, न्यु ओएसिस आ. मा. वि, आदर्श विद्या मन्दिर आ. मा. वि, यु.एस. एकेडेम् आ. वि, फ्यूचर बाइटर आ. मा. वि, सिद्धार्थ शिक्षा सदनमा पर्यटन विद्यार्थी क्लबहरु गठन गरिएको छ । साथै न्यु एभरेष्ट एकेडेमि, कालिगण्डकी आ. मा. वि, सनराइज आ. मा. वि, चिल्डेन लाइफ ईङलिस आ. मा. वि, धौलागिरी आ. मा. वि, अमर आदर्श आ. मा. वि, गुराँस विद्या सदनमा पनि विद्यालय स्तरिय क्लबहरु गरिएको छ ।

यसरी विद्यालय तहमा पर्यटन विद्यार्थी क्लब गठन गरिदा नगर पर्यटन क्लबका लागि २ छात्र २ छात्रा र विद्यालय तहको क्लबको अध्यक्ष १ गरी ५ जना नगर पर्यटन क्लबको लागी प्रतिनिधी चयन भएका छन । यसरी चयन भएका हरेक विद्यालयका प्रतिनिधीहरुको नगर सम्मेलनले नयाँ कार्य समिति चयन गर्दै नगरको नयाँ नीति र कार्यक्रम समेत तय गर्नेछ । पर्यटन क्लब गठन भएका विद्यालयहरुमा १ जना सम्पर्क पर्यटन शिक्षकहरु पनि चयन गरिएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार