डिसहोमको इन्टरनेट कनेक्सनमा बोनससहितको आकर्षक अफरहरू सार्वजनिक

डिसहोमले आफ्नो इन्टरनेट सेवामा नयाँ कनेक्सन र रिचार्ज गर्ने ग्राहकहरूलाई लक्षित गर्दै विशेष अफर सार्वजनिक गरेको छ । यस योजना अन्तर्गत २०० एमबिपीएस र ३०० एमबिपीएसका वार्षिक प्याकेजहरूमा थप ३ महिना बोनसको सुविधा उपलब्ध हुनेछ । यस अफरले ग्राहकहरूको लागि थप फाइदा प्रदान गर्दै, १२ महिनाको प्याकेज लिँदा ३ महिना निःशुल्क इन्टरनेट सेवा प्राप्त गर्ने अवसर रहेको छ ।

यसको अतिरिक्त, ग्राहकहरूले हरेक हप्ता लक्की ड्रमा सहभागी भई आकर्षक उपहारहरू जित्न सक्नेछन् । हप्तामा १२ भाग्यशाली विजेताहरूले DHi Home Appliances का सामानहरू, Itel A60s Smartphone, MiVi DuoPods T20 Earbuds, र DishHome 4K Streamer जस्ता उपहारहरू जित्न सक्नेछन् ।

यति मात्र होइन, Bumper Lucky Draw अन्तर्गत एक भाग्यशाली विजेताले DHi Home Appliances को Front Load Washing Machine जित्न सक्नेछन् । यसले गर्दा ग्राहकहरूका लागि यो अफर थप रोमाञ्चक बनेको छ ।

DishHome ले आफ्ना ग्राहकहरूको लागि विभिन्न अन्य छुटहरू पनि उपलब्ध गराएको छ । DHi Home Appliances का सामानहरूमा ४०% सम्मको छुट, MiVi DuoPods मा ५४% सम्मको छुट, र FireBoltt Smart Watch मा ७०% सम्मको विशेष छुट प्राप्त गर्न सकिन्छ ।

यस अफरमा सहभागी हुनका लागि ग्राहकहरूले DishHome Internet को ३ महिने वा सो भन्दा माथिको प्याकेज खरिद गर्नुपर्नेछ । नयाँ कनेक्सन लिँदा वा रिचार्ज गर्दा ग्राहकहरू Lucky Draw मा सहभागी हुन पाउनेछन् ।

DishHome ले इन्टरनेट सेवामा गुणस्तर र सुविधा प्रदान गर्दै ग्राहकहरूको आवश्यकतालाई सम्बोधन गर्ने उद्देश्यले यी आकर्षक अफरहरू सार्वजनिक गरेको हो । आजै आफ्नो नजिकको DishHome Dealer सँग सम्पर्क गरेर वा ०१-५९७०३६५ मा फोन गरी यी अफरहरूको लाभ उठाउन सकिनेछ ।

DishHome को यो खुशीको Celebration अफरले सबैलाई इन्टरनेट कनेक्सनसँगै उपहारहरूको अनुभूति गराउँदै खुसीयाली थप्नेछ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार