अमेरिकामा हेलेन आँधीका कारण मृत्यु हुनेको संख्या १८० पुग्यो

अमेरिकामा हेलेन आँधीका कारण मृत्यु हुनेको संख्या १८० पुगेको छ । यसबाट दक्षिण-पूर्वी अमेरिकी राज्यहरू प्रभावित छन् ।

राष्ट्रपति जो बाइडेन र उपराष्ट्रपति कमला ह्यारिसले आँधी प्रभावित क्षेत्रको भ्रमण गरेका छन् । बाइडेन हेलिकप्टरबाट नर्थ र साउथ क्यारोलिना गएका थिए भने ह्यारिस बुधबार जर्जिया गएकी थिइन् ।

बीबीसीका अनुसार सयौँ मानिस अझै बेपत्ता छन् । खोज तथा उद्धार टोलीलाई दुर्गम क्षेत्रमा पुग्न कठिनाइ भइरहेको छ ।

जनतालाई राहत सामग्री पुर्‍याउने काम भइरहेको छ । गत हप्ता रिपब्लिकन पार्टीका राष्ट्रपति पदका उम्मेदवार डोनाल्ड ट्रम्प पनि आँधीका कारण भएको विनाश हेर्न जर्जिया गएका थिए ।

दुर्गम क्षेत्रमा बस्ने मानिस सम्पर्कमा आउन सकेका छैनन् । ह्वाइट हाउसका प्रेस सेक्रेटरी करिन जिन पियरेका अनुसार राष्ट्रपति बाइडेनले बिहीबार फ्लोरिडा र जर्जियाको पनि भ्रमण गर्नेछन् । गत बिहीबार अमेरिकामा हेलेन आँधी आएको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार