बुल्गेरिया पठाइदिन्छु भन्दै ठगी गर्ने दम्पती पक्राउ

वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी बुल्गेरिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा दुई जना पक्राउ परेका छन् ।

काठमाडौं महानगरपालिका-३ बसुन्धरा बस्ने मोरङ सुन्दरहरैंचा नगरपालिका-९ बस्ने ४१ वर्षीय टंकप्रसाद सुवेदी र उनकी श्रीमती रौहतट चन्द्रपुर नगरपालिका-८ घर भएकी ४४ वर्षीया निता गौतम सुवेदीलाई बुधबार प्रहरीले पक्राउ गरेको हो ।

उनीहरूले बुल्गेरिया पठाइदिन्छु भन्दै ३ जना पीडितहरूबाट ५ लाख ४० हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनीहरूलाई काठमाडौं बसुन्धराबाट पक्राउ गरेको हो । 

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार