मालपोतका हाकिमले किस्तामा लिए घुस, सेवाग्राहीले बनाए भिडियो

जिल्ला मालपोत कार्यालय बैतडीका कार्यालय प्रमुखले एउटै सेवाग्राहीबाट पटक–पटक घुस लिएको पाइएको छ । छुट जग्गा दर्ताका लागि आवेदन दिएका एक जना सेवाग्राहीबाट पाँच पटक गरी ५१ हजार दुईसय रुपैयाँ घुस लिएको प्रमाण भेटिएको छ ।

कार्यालय प्रमुख अशोक सार्कीले बुधबार आफ्नै कार्यकक्षमा सेवाग्राही पाटन नगरपालिका –८, का नरबहादुर बिष्ट र धनसिंह बिष्टबाट पाँचौ पटक घुसको अन्तिम किस्ता लिने बेलाको भिडियो सार्वजनिक भएको छ ।

कार्यालय प्रमुखले सेवाग्राही बिष्टबाट छुट जग्गाको फाइल दर्ता गर्ने बेला २०८१ वैशाख ३० गते पाँच हजार, स्थलगत सर्जमिन मुचुल्का बनाउने बेला फिल्डभत्ता भन्दै २०८१ साउन ६ गते १० हजार, त्यसपछि ६ हजार दुईसय, कर्मचरीलाई मिलाउनुपर्ने भन्दै २०८१ भदौ १७ गते २० हजार, काम सम्पन्न गरी दस्तखत गर्ने बेला असोज १६ गते घुसको अन्तिम किस्ता १० हजार गरी ५१ हजार दुईसय रुपैयाँ घुस लिएको पीडितको गुनासो छ ।

कार्यालय प्रमुखले पटक पटक घुस लिएको अडियो–भिडियो प्रमाण आफूसँग सुरक्षित रहेको सेवाग्राही नरबहादुर बिष्टले बताए । काम हुन्छ भन्दै ६ महिनासम्म झुलाएर पाँच पटक घुस दिन बाध्य भएको उनले पीडा सुनाए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार