राप्रपामा विभाग प्रमुखको जिम्मेवारी हेरफेर, कसलाई कुन विभाग ?

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले संगठन विभाग प्रमुखको जिम्मेवारी वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङलाई दिएको छ । 

पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको विधानबमोजिम केही विभाग प्रमुखको जिम्मेवारी हेरफेर तथा केही विभाग प्रमुख मनोनयन गरेका हुन् ।

जसअनुसार, स्थानीय तह परिचालन विभाग प्रमुखमा वरिष्ठ उपाध्यक्ष ध्रुबबहादुर प्रधान, राजनीतिक विभाग प्रमुखमा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, पर्यटन विभागको प्रमुखमा सहायक महामन्त्री विजय खड्कालाई जिम्मेवारी दिइएको छ ।

यसैगरी, विपद् व्यवस्थापन विभागको प्रमुखमा केन्द्रीय सदस्य उद्धब थापा, सूचना प्रविधि विभाग प्रमुखमा केन्द्रीय सदस्य उद्धवराज भेटुवाल र लेखा समितिको प्रमुखमा केन्द्रीय सदस्य केदार न्यौपाने छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार