विष खुवाएर दुई नाबालिग छोरीको हत्या गरेकी महिला जेल चलान

दुई छोरीलाई विष खुवाएर हत्या गरेकी महिला पुर्पक्षका लागि जेल चलान भएकी छिन् । विष खुवाएर नाबालिका दुई छोरीको हत्या आरोपमा पक्राउ परेकी अस्मिता पौडेल (कार्की) बिहीवार पुर्पक्षका लागि कारागार चलान भएकी हुन् ।

मोरङ जिल्ला अदालतका न्यायाधीश पारसमणि पोखरेलको इजलासले मंगलवार अस्मितालाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो ।

अदालतको आदेशपछि उनी जिल्ला कारागार मोरङ चलान भएको अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले जानकारी दिए ।

मोरङको सुन्दरहरैँचा नगरपालिका–७ मा विष खुवाएर दुई नाबालिका छोरीको हत्या गरेपछि अस्मिता फरार भएकी थिइन् । अस्मितालाई प्रहरीले भदौ १९ गते बिहान झापाको बिर्तामोडबाट नियन्त्रणमा लिएको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार