‘उत्सव र सहयोग’ नाराका साथ २४औं वार्षिकोत्सव मनाउँदै माछापुच्छ्रे बैंक

माछापुच्छ्रे बैंक लिमिटेडले आफ्नो २४औं वार्षिकोत्सव विविध सामाजिक उत्तरदायित्वका कार्यक्रमसहित मनाइरहेको छ । ‘उत्सव र सहयोग’ भन्ने नाराका साथ असोज महिनालाई वार्षिकोत्सव अभियानको रूपमा लिइएको बैंकले जनाएको छ ।

वार्षिकोत्सवको अवसरमा बैंकले यही असोज १८ गते केन्द्रीय कार्यालयसहित सम्पूर्ण शाखा कार्यालयमा विभिन्न कार्यक्रम गरेको छ ।

हरेक वर्ष असोज १७ गतेलाई वार्षिकोत्सव दिनको रूपमा मनाउँदै आएको बैंकले यस वर्ष ग्राहकलाई विशेष सुविधा प्रदान गरेको छ।

देशभर रहेका विभिन्न शाखाहरूमार्फत संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सहयोगका कार्यक्रमहरू समेत सञ्चालन गरिरहेको बैंकले जानकारी दिएको छ ।

जसअन्तर्गत बैंकले वृद्धाश्रम तथा बाल मन्दिरहरूमा सहयोग, वृक्षारोपण, वित्तीय साक्षरता प्रवर्द्धनलगायतका कार्यक्रम गरिरहेको छ । ​

केहीदिन अगाडि मात्रै आएको बाढी पहिरोमा परी विस्थापित भएका काभ्रे जिल्लाको रोशी गाउँपालिका १ र २ का बाढी पहिरो पीडित घरपरिवारलाई बैंकले २०० थान ब्लाङ्केट प्रदान गरेको छ ।

बाढी पहिरोका कारण विभिन्न स्थानहरूमा बाटो अवरुद्ध हुँदा बैंकले उक्त ब्लाङ्केटहरू रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामालाई हस्तान्तरण गरेको हो ।

यसलगायत बैंकका विभिन्न शाखा कार्यालयहरूको माध्यमबाट स्थानीय तहमा आवश्यक विभिन्न सामाजिक कार्यमा सहभागी हुँदै आएको छ ।

बैंकले असोज १ देखि ३० गतेसम्मको अवधिमा बैंकको मोबाइल बैंकिङ्ग MBL M SMART (APP), डेबिट कार्ड, क्रेडिट कार्ड, डलर क्रेडिट तथा डलर प्रिपेड कार्ड लिने नयाँ ग्राहकलाई विशेष छुटको योजना ल्याएको छ ।

जसअन्तर्गत बैंकको डेबिट कार्ड लिने ग्राहकहरूले कार्ड लिँदा पहिलो वर्षको जारी शुल्कमा शतप्रतिशत छुट र त्यस पछिको दुई वर्षसम्म पनि कार्ड नवीकरण शुल्कमा शतप्रतिशत छुट प्रदान गरिरहेको छ ।

बैंकले क्रेडिट कार्ड जारी गर्दा सदस्यता तथा जारी शुल्कमा आकर्षक प्याकेज बनाई पाँच वर्ष अवधिको लागि एकमुस्ट रु.२,४०० मात्रमा प्रदान गरिरहेको छ ।

साथै बैंकले मोबाइल बैंकिङ्ग MBL M SMART (APP) सेवाको सदस्यता शुल्कमा वार्षिक ५० प्रतिशतसम्मको छुट, डलर क्रेडिट कार्ड र डलर प्रिपेड कार्ड जारी गर्दा जारी शुल्कमा पहिलो वर्ष २४ प्रतिशतसम्मको छुट प्रदान गर्नेछ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार