बुवाको हत्या आरोपमा छोरा पक्राउ

ताप्लेजुङमा बुवाको हत्या गरेको आरोपमा छोरा पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा मिरिङ्देन गाउँपालिका- १ ओख्रेका ३२ वर्षीय सुमन ओख्रावु लिम्बू छन् । आफ्नै बुवालाई बाम्फोक प्रहार गरी हत्या गरेको आरोपमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

असोज १७ गते बिहान घरायसी विवादको क्रममा उनले ५५ वर्षीय श्याम ओख्रावु लिम्बूलाई धारिलो हतियार बाम्फोक प्रहार गर्दा घटनास्थलमा नै मृत्यु भएको थियो ।

घटनाबारे जानकारी प्राप्त हुनसाथ प्रहरी चौकी सानथाक्राबाट खटिएको प्रहरी टोलीले उनलाई बाम्फोकसहित पक्राउ गरेको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार