११ करोड ४३ लाख बराबरको आठ किलो सुनसहित दुई जना पक्राउ

हेटौंडाबाट आठ किलो सुनसहित दुईजना भारतीय नागरिक पक्राउ परेका छन् ।

हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटे चेकपोष्टस्थित पथलैयाबाट हेटौंडातर्फ आउँदै गरेको वाग्मती प्रदेश ०२–०४७ प ७५०३ नम्बरको स्कुटर जाँच गर्दा उक्त सुन फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका डीएसपी श्याम आर्यालले जानकारी दिए ।

पक्राउ पर्नेमा भारतको महाराष्ट्र राज्य, सांगली जिल्ला, पुजारवाडीका २५ वर्षका अभिषेक अजिनाथ कुटी र २७ वर्षका राहुल भिट्टीहाल बाड छन् । उनीहरूको शरीर तथा स्कुटरमा तलासी गर्दा शरीरका विभिन्न भागमा लुकाएर बिलसमेत नभएको बिस्कुटको आकारका ८ थान सुन फेला परेको प्रहरीले जनाएको छ ।

उक्त सुन तौल गर्दा ८ किलो २४३ ग्राम ९७० मिलिग्राम अर्थात् आजको बजार भाउअनुसार ११ करोड ४३ लाख ५७ हजार ८७८ रुपैया बराबरको सुन पारेको प्रहरीले जनाएको छ ।

सुन भन्सार छलेर अवैध तरिकाले भित्र्याएको हुन सक्ने प्रहरीको अनुमान छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार