७८ दिनदेखि बिदामा रहेकी प्रहरी अस्पतालकी डाक्टर सिंह सम्पर्कविहीन

गृह मन्त्रालयले प्राविधिक प्रहरी निरीक्षक (इन्स्पेक्टर) डा. शिवानी सिंहलाई स्पष्टीकरण सोधेको छ । मन्त्रालयले सूचना निकालेर डा. सिंहलाई स्पष्टीकरणसहित हाजिर हुन आउन भनेको हो ।

आफूखुसी बिदामा बसेको भन्दै मन्त्रालयले सूचना निकालेर डा. सिंहलाई सात दिनभित्र गैरहाजिर हुनुको कारण खोली सन्तोषजनक स्पष्टीकरणसहित हाजिर हुन भनेको हो ।

डा. सिंहले २०८१ वैशाख २ गतेदेखि लागू हुने गरी ४ दिनको भैपरी आउने बिदा स्वीकृत गराई बिदा बसेकोमा पुनः थप घर बिदा १४ दिन, पुनः थप घर बिदा ३० दिन र पुनः थप घर बिदा ३० दिन गरी कुल ७८ दिन सम्म लगातार बिदा बसी उक्त बिदा भुक्तान गरी २०८१ साउन ६ गते आफू कार्यरत नेपाल प्रहरी अस्पतालमा हाजिर हुन आउनु पर्नेमा नआएको मन्त्रालयले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार