अपराजित कर्णालीले जित्यो एभरेष्ट महिला भलिबलको उपाधि

कर्णाली यश्विसले अपराजित रहँदै पहिलो संस्करणको एभरेष्ट महिला भलिबल लिगको उपाधि जितेको छ ।

शनिबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा भएको रोमाञ्चक फाइनलमा कर्णालीले ललितपुर क्विन्सलाई ३–२ सेटको संघर्षपूर्ण खेलमा पराजित गर्दै उपाधिमाथि कब्जा जमाएको हो ।

फाइनल खेलका दुई सेट लगातार जित्दा त्यसपछिका दुवै सेट गुमाउँदा अन्तिम सेटमा गएर कर्णालीले ललितपुरलाई स्तब्ध पार्दै उपाधि रक्षा गरेको हो । 

प्रतियोगिताभरी अपराजित कर्णालीले पहिलो २५–१७ दोस्रो २५–२० र पाँचौँ १५–१३ सेटले जित्दै पहिलो संस्करणको विजेता बनेको हो । उपाधि जित्न संघर्ष गरेको ललितपुरले तेस्रो र चौथो सेट क्रमशः २५–१२, २५–१८ ले जित्दा उपविजेतामै सीमित बन्यो ।

विजेता बन्दा सर्वोत्कृष्ट खेलाडी बनेकी कर्णालीकी जेनेपले २० हजार रुपैयाँ प्राप्त गरिन् । साथै फाइनल खेलको उत्कृष्ट खेलाडी समेत जेनेप नै भइन् । उनले त्यसबापत पाँच हजार पुरस्कार प्राप्त गरिन् ।

विजेता कर्णाली यशभिएसले उपाधिसहित सात लाख हात पार्‍यो भने उपविजेता ललितपुर क्विन्सले तीन लाख रुपैयाँ प्राप्त गर्‍यो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार