श्रेष्ठले पाए सर्वोच्चबाट अवकाश, आजदेखि राउत नयाँ प्रधानन्यायाधीश

नयाँ प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले आज (आइतबार) शपथ खाँदै छन् ।

राष्ट्रपति भवनमा दिउँसो १:३० बजे प्रधानन्यायाधीशको शपथ समारोह आयोजना गरी शीतलनिवास स्रोतले जानकारी दिएको छ । शपथपछि आजै पदभार ग्रहणका लागि सर्वोच्च अदालतले तयारी गरिरहेको छ ।

यसअघिका प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले ६५ वर्षे उमेरहदका कारण गएराति १२ बजेबाट अनिवार्य अवकाश लिइसकेका छन् ।

त्यसैले उनको स्थानमा राउतलाई नियुक्त गरिएको हो । संवैधानिक परिषद्ले वरिष्ठतम् न्यायाधीश राउतलाई प्रधानन्यायाधीश नियुक्त गर्न गत भदौ ३१ गते सिफारिस गरेको थियो ।

यही असोज १६ गते उनी संसदीय सुनुवाइबाट सर्वसम्मत अनुमोदन भएका थिए । राउतले अब २०८२ चैत १७ गतेसम्म न्यायालयको नेतृत्व गर्नेछन् ।

यसैबीच सर्वोच्च अदालतसहित देशभका अदालतमा घटस्थापनाकै दिनदेखि दसैँ बिदा दिइसकिएको छ ।

तर बन्दी प्रत्यक्षीकरण सुनुवाइका लागि भने सर्वोच्च अदालतल खुला रहने जनाइएको छ । यसका लागि निश्चित न्यायाधीश र कर्मचारी तोकिएका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार