एनपीएल अक्सन- १५ लाखमा सुदूरपश्चिम रोयल्स पुगे आरिफ शेख

नेपाल प्रिमियर लिगका लागि नेपाली राष्ट्रिय क्रिकेट टिमका ब्याटर आरिफ शेख सुदूरपश्चिम रोयल्समा आवद्ध भएका छन् । १५ लाख हालेर आरिफलाई सुदूरपश्चिमले किनेको हो ।

ग्रेड ए मा रहेका उनलाई किन्न अक्सनमा तीनवटा टिमले बोलकवल गरेका थिए । आइतबार भएको अक्सनमा कर्णाली, सुदूरपश्चिम र काठमाडौंबीच प्रतिस्पर्धा भएको थियो । तीन टोलीबीचको प्रतिस्पर्धामा उच्चतम मूल्य १५ लाख रुपैयाँ पाएका हुन् ।

आरिफ एक दिवसीय फर्माट्का लागि परिचित खेलाडी हुन् । टी-२० मा उनले ७४ खेल खेल्दा १०४४ रन जोडेका छन् भने २३ विकेटसमेत लिएका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार