गभर्नर अधिकारीमाथि जाँचबुझ गर्न गठित समिति रद्द

सरकारले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीउपर जाँचबुझ गर्न गठित समिति रद्द गरेको छ ।

शुक्रबार बसेको मन्त्रिपरिषद्‌को बैठकले सरकारले २०७८ चैत २४ गते गभर्नर अधिकारीमाथि छानबिन गर्न गठन गरेको समिति रद्द गर्ने निर्णय गरेको सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

२०७८ चैत २४ गते बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले गभर्नर अधिकारीमाथि छानबिन गर्न बनाएको समितिको संयोजकमा सर्वोच्च अदालतका पूर्वन्यायाधीश पुरुषोत्तम भण्डारी तथा सदस्यमा चन्द्रकान्त पौडेल र सूर्यबहादुर थापा थिए ।

सरकारले गभर्नर अधिकारीको पदीय जिम्मेवारी र भूमिकामाथि प्रश्न उठाउँदै नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा २२ बमोजिम समिति गठन गरेको थियो । अर्थतन्त्रलाई संकटोन्मुख बनाउन अधिकारीले भूमिका खेलेको आरोप सोबेला लगाइएको छ । उतिबेला अर्थमन्त्री जनार्दन शर्मा र प्रधानमन्त्री शेरबहादुर देउवा थिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार