सरकारले तरकारी र फलफूलको बजार मूल्य निर्धारण गर्ने

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सरकारले तरकारी तथा फलफूलको बजार मूल्य निर्धारण गर्ने पनि बताएका छन् । काठमाडौंको कालिमाटी, कुलेश्वर र बल्खुस्थित तरकारी तथा फलफूल बजारको अनुगमनका क्रममा उनले सम्बन्धित पक्षसँग छलफल गरेर मूल्य निर्धारण गर्ने पनि बताए ।

‘तरकारी बजारको अहिले हामी अनुगमनको क्रममा छौँ। सम्बन्धित अधिकारीहरू हुनुहुन्छ। उहाँहरूले हेर्नुहुन्छ। उहाँहरूसँग हामीले पछिल्लो खरिदमूल्य कति छ, किसानहरुले कति प्राईसमा बिक्री वितरण गरेका छन्रु अभाव छ, छैनरु यी सबै कुराहरू हेरेर हामी बजार मूल्य तोक्छौँ,’ उनले भने।

यसैबीच उपभोक्ताहरूले पनि तरकारी तथा फलफूलको मूल्य दसौँ गुणा बढाएको भन्दै व्यापारीमाथि कारबाही गर्न मन्त्री भण्डारीको ध्यानाकर्षण गराएका थिए।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार