तेल ट्याङ्करको डिब्बाभित्र ३९२ किलो गाँजा, दुईजना पक्राउ

कवानपुरमा झण्डै ४ सय किलो लागुऔषध गाँजा सहित दुई जना पक्राउ परेका छन् । मंगलबार बिहान सवा ३ बजेतिरको समयमा हेटौंडा–१५ रातोमाटे चेकपोस्टबाट ३९२ किलो लागुऔषध गाजा सहित दुईजना पक्राउ परेका हुन् ।

मकवानपुरको थाहानगरबाट विरगञ्जतर्फ जाँदै गरेको ना ७ ख १७७१ नम्बरको ट्याङ्कर गाडीलाई रोकी चेकजाँच गर्ने क्रममा उक्त परिमाणको लागुऔषध गाँजासहित दुईजनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

पक्राउ पर्नेमा ट्याङकर चालक मनहरी गाउँपालिका–९ ज्यामिरे बस्न २६ वर्षीय रोशन पुरी र सहचालक सोही स्थानका २२ बर्षका धन बहादुर मल्ल रहेका छन् ।

ट्याङ्करको पाँचवटा डिब्बाहरू मध्ये ३ नम्बरको डिब्बाभित्र प्लाष्टिकले बेरेर २५ वटा पोका बनाएर लुकाई छिपाई ल्याएको अवस्थामा खानतलासी गर्दा लागु औषध गाँजा फेला परेको मकवानपुर प्रहरीले जनाएको छ ।

उक्त लागुऔषध गाँजा र ट्याङ्करसहित दुवैजनालाई प्रहरीको नियन्त्रणमा राखेर अनुसन्धान थालिएको बताइएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार