दसैँमा यसरी बनाउनुहोस् खसीको फिला

अन्य समयमा कामको चटारोले हामी खाना राम्रोसँग बनाउन र खान पनि फुर्सद पाउँदैनौँ। अहिले दसैँको बेला फुर्सदले घरमा बसिरहनु भएको छ। तर के पकाउने कसरी पकाउने भन्ने चिन्ता लिइरहनु भएको छ भने, आउनुहोस् आज हामी तपाईलाई खसीको फिला बनाउने तरिका सिकाउदैछौँ ।

यो बनाउन तपाइँलाई ५५ मिनेट लाग्छ ।
आवश्यक सामग्रीः
१ ३ केजी खसीको खुट्टा
२ नेपाली लसुन ६ पोटी
३ ३ चम्चा सोपको धुलो
४ भुटेको तोरीको तेल
५ नुन र मसलाको पेस्ट
६ मरिचको धुलो
७ तेजपत्ता
८ ३० ग्राम दही
माथिका सामानहरू तयार छन् भने अब घोर्ले खसीको फिला बनाउनतिर लाग्नुहोस् ।

पहिला खसीको खुट्टालाई चिरा चिरा पार्नुहोस्। अब मसलाको पेस्ट र लसुनलाई मासुको भित्र सम्म पुग्ने गरी मोल्नुहोस्। त्यसमाथि तोरीको तेल र तेजपत्ता हालेर फ्रिजमा रातभरि छाडिदिनुस् ।

त्यसलाई पकाउने समयमा रूम टेम्प्रेचरमा ल्याउनुहोस् ।

ओभनलाई २ सय २० डिग्री सेन्टिग्रेटसम्म ‘प्री हिट’ गर्नुहोस्। किचन स्ट्रिङ (धागो)ले मासुलाई खुकुलो गरेर बाध्ने। त्यसपछि रोस्टिङटिन माथि सुरूमा सुकेको मसला राख्ने र त्यस माथि मासु राख्ने। अब त्यसलाई २५ मिनेट सम्म पकाउनुहोस्। अब ओभनको तापक्रम १ सय ८० डिग्री सेन्टिग्रेटसम्म ल्याउने ।

अब ओभनबाट मासु निकाल्नुस्। र त्यसलाई अल्मुनियम फोइलले १५ देखि २० मिनेटसम्म छोप्नुहोस्। अब स्वादिष्ट खसीको फिला तयार भयो। तातो गरी आफ्ना परिवारसँग दसैँ मनाउनुहोस् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार