महिला टी-२० विश्वकपः पाकिस्तानलाई हराउँदै न्युजिल्यान्ड सेमिफाइनलमा, भारत समूह चरणबाटै ‘आउट’

पाकिस्तानलाई ५४ रनले हराउँदै न्युजिल्यान्ड आईसीसी महिला टी-२० विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ । योसँगै भारतीय क्रिकेट टोली पनि समूह चरणबाटै बाहिरिएको छ ।

न्युजिल्यान्डले पहिले ब्याटिङ गर्दै ११० रन बनाएको थियो। जहाँ पाकिस्तानी टोली ५६ रनमा सीमित भयो । न्युजिल्यान्डका लागि सुजी ब्याट्सले सर्वाधिक रन बनाइन्। उनले २९ बलमा २८ रनको इनिङ खेलिन ।

ब्रुक ह्यालिडेले २२ रन र जर्जिया प्लिमरले १७ रन जोडे । पाकिस्तानका लागि मुनिबा अलीले १५ रन र फातिमा सानाले २१ रन जोडे । यसबाहेक पाकिस्तानका कुनै पनि खेलाडीले दोहोरो अंक पनि पार गर्न सकेनन् ।

समूह एबाट अस्ट्रेलिया र न्युजिल्यान्ड सेमिफाइनलमा पुगेका छन् । भारत, पाकिस्तान र श्रीलंका विश्वकप जित्ने दौडबाट बाहिरिएका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार