दसैंपछिको पहिलो कारोबारमै बढ्यो सुन-चाँदीको भाउ, कति पुग्यो तोलाको ?

नेपाली बजारमा सुनचाँदीको मूल्य मंगलबार (असोज २९) बढेर कारोबार भएको छ। छापावाल सुन प्रतितोला एक हजार ४ सय रुपैयाँ बढेर १ लाख ६० हजार ५ सय रुपैयाँमा मंगलबार कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

दसैँअघि अन्तिम कारोबार दिन (असोज २३) छापावाला सुन प्रतितोला एक लाख ५९ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, मंगलबार चाँदीको मूल्य प्रतितोला २५ रुपैयाँले बढेको महासंघले बताएको छ। दसैँअघि १ हजार ९ सय रुपैयााँमा कारोबार भएको चाँदी मंगलबार एक हजार ९ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार