दुई महिनामा साढे २ खर्ब बढी रेमिट्यान्स भित्रियो

चालु आर्थिक वर्षको दुई महिनामा नेपाल भित्रिने रेमिट्यान्समा १५.२ प्रतिशतले वृद्धि भएको छ। साउन र भदौ महिनामा २ खर्ब ६३ अर्ब १४ करोड रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको राष्ट्र बैंकको तथ्यांक छ।

अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १८.७ प्रतिशतले बढेको थियो। सो वर्ष १ अर्ब ७३ करोड रहेको रुपैयाँ रेमिट्यान्स भित्रिएकोमा यो वर्ष साढे २ खर्ब माथिको रेमिट्यान्स नेपाल भित्रिएको हो।

यस्तै यो अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) पनि बढेर २ खर्ब ८६ अर्ब ४५ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय २ खर्ब ५१ अर्ब ६५ करोड रहेको थियो।

त्यसो त रेमिट्यान्सको एकमात्र स्रोत रहेको बैदेशिक रोजगारीमा जानेको संख्यमा पनि यो दुई महिनामा बढेको छ।

भदौ महिनाको मसान्तसम्मा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ७६ हजार ४ सय ८५ र पुनः श्रम स्वीकृति लिनेको संख्या ४० हजार ५ सय ८३ पुगेको छ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः ७४ हजार ४ सय ५५ र ३२ हजार ४ थियो।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार