दशैँको दिन काठमाडौँको तीनकुनेमा दुर्घटना गराएर भागेका कार चालक पक्राउ, घाइतेको मृत्यु

काठमाडौँको तीनकुनेमा तीन दिन अघि दुर्घटना गराएर फरार भएका चालकलाई प्रहरीले ललितपुरको कुपण्डोलबाट पक्राउ गरेको छ। मोरङको विराटनगर घर भई हाल ललितपुर महानगरपािलका १ कुपण्डोल बस्ने ४० वर्षीय निरज बिष्टलाई प्रहरीले पक्राउ गरेको हो।

उनले चलाएको गाडी असोज २६ गते साँझ साढे ६ बजे काठमाडौं महानगरपालिका ३२ तीनकुने गैरीगाउँ सडकमा दुर्घटना भएको थियो। दुर्घटनामा सर्लाहीको कबिलासी नगरपालिका २ घर भई हाल तीनकुने बस्ने ५१ वर्षका विनोद महरा भन्ने राम विनय राम घाइते भएका थिए। बिष्टले नै घाइते रामलाई उपचारका लागि काठमाडौं मेडिकल कलेज सिनामंगलमा पु¥याएका थिए। तर उनी त्यसपछि फरार भएको प्रहरीको भनाई छ।

घाइते रामको उपचारको क्रममा असोज २७ गते मृत्यु भएको थियो। घाइतेको मृत्युपछि काठमाडौं प्रहरी परिसर र प्रहरी बृत्त बानेश्वरको टोलीले सीसीटीभी फुटेजको सहयोगमा बिष्टलाई पक्राउ गर्न सफल भएको काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिए।

दुर्घटनामा संलग्न सवारीसहित फेला परेका उनीमाथि प्रहरी वृत्त बानेश्वरबाट थप अनुसन्धान अगाडी बढाइएको छ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार