सुनको मूल्य हालसम्मकै उच्च, तोलाको कति पुग्यो ?

सुनको मूल्य हालसम्मकै उच्च बनेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजको कारोबारमा नयाँ कीर्तिमान बनेको हो। आज १ हजार ३ सय रुपैयाँले बढेसँगै तोलाको १ लाख ६१ हजार ८ सय रुपैयाँमा कारोबार भएको छ।

अघिल्लो दिन सुन १ लाख ६० हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो। यता चाँदीको मूल्य पनि १ हजार ९ सय ५० रुपैयाँ पुगेको छ। अघिल्लो दिन १ हजार ९ सय २५ रुपैयाँमा कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा सुन २ हजार ६ सय ७४ अमेरिकी डलर र चाँदी ३१.६७ अमेरिकी डलर प्रतिऔँस मूल्यमा कारोबार भएको एजेन्सीहरुले उल्लेख गरेका छन्। असोज महिनामा पनि सुनले नयाँ नयाँ कीर्तिमान बनाइरहेको छ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार