इन्स्पेक्टर शाहीविरुद्ध पक्राउ पुर्जी जारी​

हनी ट्रयाप प्रकरणमा ललितपुरको भैँसेपाटी प्रहरी प्रभागकी तत्कालीन प्रमुख बिनुकुमारी शाहीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ। ललितपुर प्रहरी प्रमुख शेखर खनालका अनुसार शाहीविरुद्ध पक्राउ पुर्जी जारी भएको हो ।

पक्राउ पुर्जी जारी भएसँगै शाहीलाई पक्राउ गर्ने तयारी प्रहरीको छ । उक्त प्रकरणमा एक जना सहायक हवलदारसहित ४ जना पक्राउ परिसकेका छन्।​ हनी ट्रयापको घटनामा बलात्कारको कसुर लगाएर फसाइदिने भन्दै इन्स्पेक्टर शाहीले पीडित भनिएका व्यक्तिसँग ३० लाख रुपैयाँमा डिल गरेको आरोप लागेको थियो ।

पीडितले नै प्रहरीलाई भनेपछि घटना बाहिर आएको थियो। प्रहरीले हनी ट्रयाप घटनामा संलग्न युवतीसहित तीन जनालाई यसअघि नै पक्राउ गरिसकेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार