झिनो अङ्कले बढ्यो शेयर बजार, ७ अर्ब बढीको कारोबार

नेपाल स्टक एक्सचेन्ज(नेप्से) झिनो अङ्कले बढेको छ । साताको अन्तिम कारोबारका दिन बिहीबार नेप्से परिसूचक २.४७ अङ्कले बढेर २७४५.३६ को विन्दुमा अडिएको हो । यस दिन बजारमा १ करोड ८८ लाख ७ हजार ४९२ कित्ता शेयरको खरिदबिक्री हुँदा ७ अर्ब १९ करोड २७ लाख ९२ हजार रुपैयाँको कारोबार भएको छ ।

अघिल्लो कारोबारका दिन बुधबार मात्रै ४३.२२ अङ्कले बढेको बजारमा १ करोड ३२ लाख २४ हजार ३२२ कित्ता शेयरको खरिदबिक्री हुँदा ५ अर्ब ६६ करोड २ लाख ३७ हजार रुपैयाँको कारोबार भएको थियो ।

कारोबारका आधारमा आज कुमारी बैङ्क ३३ करोड १३ लाख ९० हजार रुपैयाँको कारोबारका साथ शीर्ष स्थानमा रहेको छ । दशैं बिदापछिको पहिलो कारोबारका दिन मङ्गलबार नेप्से परिसूचक ३१.४८ अङ्कले बढेर २६९९.६६ को विन्दुमा अडिएको थियो ।

यस दिन ६४ लाख १७ हजार २६७ कित्ता शेयरको खरिदबिक्री हुँदा ३ अर्ब ६ करोड २३ लाख ३७ हजार रुपैयाँको कारोबार भएको थियो । बुधबार ४३.२२ अङ्कले बढेर २७४२.८८ को विन्दुमा अडिएको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार