भारतमा विषाक्त मदिरा सेवन गर्दा २० जनाको मृत्यु

बिहार । भारतको उत्तरी राज्य बिहारमा विषाक्त मदिरा सेवन गर्दा कम्तीमा २० जनाको मृत्यु भएको छ । बिहारको सिवान जिल्लाका एसपी अमितेश कुमारले बिहीबार दिएको जानकारीअनुसार विषाक्त रक्सी पिउँदा २० जनाको ज्यान गएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

चाप्राका प्रहरी अधिकारी कुमार आशिषले घटनाको थप अनुसन्धानका लागि विशेष टोली गठन गरिएको बताए । उनका अनुसार घटनासँग जोडिएका तीनजनालाई पक्राउ गरिएको छ भने आठजनाविरुद्ध जाहेरी दर्ता गरिएको छ ।

मृतकमध्ये एकजनाका आफन्तले अक्टोबर १५ मा विषाक्त मदिरा पिएपछि उनका आफन्तको स्वास्थ्य बिग्रिएको बताएका छन् ।

बिरामीले अक्टोबर १५ मा विषाक्त मदिरा पिएपछि बुधबार साँझ उनीहरूको स्वास्थ्यमा समस्या आएको र अस्पताल ल्याइएको अर्का एक बिरामीका आफन्तले बताए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार