टिपर दुर्घटना हुँदा चालकको मृत्यु

दाङ । दाङको बंगलाचुली गाउँपालिकामा टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा गढवा गाउँपालिका–७ निवासी प्रभु चौधरी रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता इश्वर थापाले जानकारी दिएका छन् ।

चुनढुँगा लिन जान लगेको टिपर घोराही–तापा सडक खण्ड अन्तर्गत जुम्लेपानीमा भने ठाउँमा गएराति रा १ ख १८५७ नम्बरको टिपर सडक देखि करिब १०० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार