जुवातास खेलिरहेको अवस्थामा २१ जना पक्राउ

जुवातास खेलिरहेको अवस्थामा देशका विभिन्न स्थानबाट २१ जना पक्राउ परेका छन् ।

सुनसरीको धरान उपमहानगरपालिका-१ बाट जुवा खेलिरहेका १० जना पक्राउ परेका छन् । स्थानीय मदन ढकालको घरमा जुवातास खेलिरहेका १० जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५९ हजार ६ सय ८० रूपैयाँ र १ बुक ताससहित पक्राउ गरेको हो ।

यसैगरी कास्कीको पोखरा महानगरपालिका-१७ ड्यामसाईडस्थित ५३ वर्षीय योगेनद्र शेरचनको लेते थकाली भान्छा घरमा जुवातास खेलिरहेको अवस्थामा आठ जना पक्राउ परेका छन् ।

नगद २ लाख ६९ हजार ६० रुपैयाँ र १४ बुक ताससहित उनीहरूलाई पनि बिहीबार साँझ पक्राउ गरिएको हो ।

वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो । यस्तै, पोखरा महानगरपालिका-१७ ड्यामसाईड बस्ने ४६ वर्षीय प्रताप गुरूङको फाइनल स्कोर स्पोर्ट्स बारमा जुवातास खेलिरहेको अवस्थामा ३ जना पक्राउ परेका छन् । यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार